सांकेतिक तस्बिर ।
मलंगवा – सर्लाहीको चमेलिमाई मन्दिर नजिकै आाइतबार दिउँसो भारतीय बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ ।
हरिवनमा तिर्थयात्रीहरुलाई छाडेर सदरमुकाम मलंगवातर्फ फर्कदै गरेको बीआर ०६ टि एफ १०७४ नम्वरको मिनी बसले ठक्कर दिँदा साइकल यात्री कविलासी नगरपालिका–९, का ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो । नवलपुर–मलङ्गवा सडक अन्तर्गत मलंगवा नगरपालिका–१२, मा बसले ठक्कर दिँदा गम्भीर घाइते भएका रायलाई उपचारका लागि तत्कालै प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जनायो ।
दुर्घटनापछि बसका चालक फरार भएका छन् । बस भने प्रहरीको नियन्त्रणमा रहेको छ । सर्लाही प्रहरीका प्रवक्ता डीएसपी माधव प्रसाद बुढाथोकीले बस चालकको खोजी भइरहेको बताए ।