logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीको फुलजोरमा तिर्थयात्री चढेको बस दुर्घटना, चालकसहित २५ यात्रु घाइते


  • उज्यालो अभियान

सांकेतिक तस्बिर ।

बयलवास – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा सोमबार बिहान तिर्थयात्रु चढेको बस दुर्घटना हुँदा चालकसहित २५ जना घाइते भएका छन् ।

धार्मिक तिर्थस्थल सोर्गद्धारी प्यूठान पुगेर फर्किदै गरेको प्रदेश ३–०१–००५ ख ९८६० नम्वरको बस ईश्वरपुर नगरपालिकास्थित फूलजोर चोकबाट घारिबथानतर्फ जाने सडक नजिकै अनियन्त्रित भई पल्टिएको हो । मोरङमा रहेको पारिश्रमिक सहकारी संस्थाका सदस्यहरुले रिर्जभ गरेर स्वर्गद्धारी पुगेर फर्किदै गरेको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए ।

दुर्घटनाका घाइतेमध्ये गम्भीर अवस्थाका केहीलाई लालगढ, जनकपुर र विराटनगर रेफर गरिएको छ भने अधिकांशको लालबन्दीमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक ढुंगानाका अनुसार बस दुर्घटनाका सम्वन्धमा अनुसन्धान भइरहेको छ ।

दुर्घटनापछि उपचारका लागि अस्पताल पुर्याएका चालक सम्पर्कविहीन भएका छन् । उनको खोजी चलिरहेको छ । बसका साहु भने प्रहरीको सम्पर्कमा नै रहेका छन् ।