logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

रेडक्रस उपशाखा ईश्वरपुरको भवन शिलान्यास


  • उज्यालो अभियान

भवन निर्माणकाे शिलान्यास गर्दै नेपाल रेडक्रस साेसाईटी मलंगवाका सभापति नागेन्द्र कुमार चाैधरी । (तस्बिर : उज्यालाे अभियान)

बयलवास – सर्लाहीको ईश्वरपुरमा आइतबार नेपाल रेडक्रस सोसाइटी उपशाखाको भवन शिलान्यास गरिएको छ ।


ईश्वरपुर नगरपालिका–७, मा बन्न लागेको रेडक्रस भवनको जग्गादाता उत्तमराज शर्मा र रेडक्रस सर्लाहीका सभापति नागेन्द्र प्रसाद चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । कार्यक्रममा प्रदेश सभा सदस्य उपेन्द्र महतोको समेत उपस्थिति रहेको थियो ।


रेडक्रसको कार्यालय भवन निर्माण गर्न स्थानीयवासी समेत रहेका रेडक्रस उपशाखा ईश्वरपुरका सभापति उत्तमराज शर्माले स्वर्गिय आमा कर्मकुमारी खरेलको स्मृतिमा एक कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका छन् ।


भवन निर्माणका लागि मधेश प्रदेश सरकारले यो वर्ष २५ लाख रुपैयाँ बजेट समेत विनियोजन गरेको नेपाल रेडक्रस सोसाइटी उपशाखा ईश्वरपुरले जनाएको छ ।