logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

ढुंग्रेखोला खानेपानीको पाँचौं साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

ढुंग्रेखोला – सर्लाहीको बागमती नगरपालिका–१, ढुंग्रेखोलामा रहेको बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समितिको शनिबार पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष वसन्तराज भट्टराईको अध्यक्षता तथा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा संविधान सभा सदस्य हरि प्रसाद उप्रेती, नेकपा माओवादी केन्द्र सर्लाहीका संयोजक कमल बुढाथोकी, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, बागमती नगरपालिकाकी उपमेयर लिलाकुमारी मोक्तान लगायतले मन्तव्य राखेका थिए ।

साधारण सभाको अवसरमा संस्थाले खानेपानी समितिलाई यहाँसम्म ल्याइपुर्याउन योगदान गर्ने संविधान सभा सदस्य हरि प्रसाद उप्रेतीलाई दोसल्ला ओढाएर सम्मान गरेको छ । बृहत खानेपानी तथा सरसफाई उपभोक्ता समिति ढुंग्रेखोलाले अहिले बागमती नगरपालिकाको वडा नं. १, २ र ३ का एक हजार ७७० घरधुरीमा खानेपानी वितरण गर्दै आइरहेको छ ।