logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

युवा व्यवसायी महत फर्निचर तथा फर्निसिङ् व्यबसायी महासंघकाे आमन्त्रित केन्द्रीय सदस्य मनाेनित


  • उज्यालो अभियान

हरिवन – हरिवनका युवा व्यवसायी विनाेद महत नेपाल फर्निचर तथा फर्निसिङ् व्यबसायी महासंघकाे आमन्त्रित केन्द्रीय सदस्यमा मनाेनित भएका छन् ।

हरिवनमा फर्निचर तथा फर्निसिङ् व्यवसाय गर्दै आएका महतलाई महासंघका केन्द्रीय अध्यक्ष सुजिल श्रेष्ठ र महासचिव ओम बहादुर बस्नेतले आमन्त्रित केन्द्रीय सदस्यकाे प्रमाण-पत्र प्रदान गरेका हुन् । नेपाली कांग्रेसका क्षेत्रिय प्रतिनिधि समेत रहेका महतकाे हरिवन बजारमा स्मार्ट हाेम डेकाेर नामक फर्निचर तथा फर्निसिङ् सामग्रीकाे शाेरुम रहेकाे छ । हरिवन नगरपालिका-८, चापिनी निवासी महत प्रस्तावित हरिवन सिटी जेसिजकाे संस्थापक अध्यक्ष, चापिनी युवा क्लबकाे सचिब लगायत विभिन्न सामाजिक संघ संस्थाकाे नेतृत्व तहमा रहँदै सामाजिक सेवामा समेत क्रियाशिल छन् ।