logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मन्दिर निर्माणमा खटिएका मजदुरको करेन्ट लागेर मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

लालबन्दी – जिल्लाको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१५, परवानिपुर सतभैयामा मंगलबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

स्थानीय ४५ वर्षीय तुलबहादुर पुलामी मगरको करेन्ट लागेर ज्यान गएको हो । मंगलबार बिहान साँढे ११ बजेतिर घर छेउकै निर्माणाधीन मन्दिरमा ढलानका लागि फलामको काम गरिरहेका बेला अचानक फलामले नजिकै रहेको बिजुलीको नाङ्गो तारमा छुँदा मगरलाई करेन्ट लागेको थियो । उनको घटनास्थमै ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक मगरको शव घटनास्थलको प्रकृति मुचुल्का गरी पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए । प्र.नि. थापाका अनुसार करेन्ट लागेर अर्का एक जना सामान्य घाइते भएका छन् । उनी प्राथमिक उपचार गराई घर फर्किसकेका प्रहरीले जनायो ।