logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

मानव सेवा आश्रममा कपडा र चप्पल प्रदान


  • उज्यालो अभियान

नयाँरोड – सर्लाहीको हरिवन नगरपालिका–९, नयाँरोडमा रहेको मानव सेवा आश्रममा मंगलबार विभिन्नखाले कपडा र चप्पल प्रदान गरिएको छ ।

गृह मन्त्रालय अन्तर्गत विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाबाट प्राप्त कपडा र चप्पल सुरक्षा अधिकारीहरुले मंगलबार दिउँसो आश्रममै पुगेर हस्तान्तरण गरेका हुन् । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रहरी उपरीक्षक कृष्ण प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख चन्दन झा लगायतले आश्रमकी संयोजक सम्झना अधिकारीलाई ४५ थान टि–सर्ट, ४१ थान हाफ पाइन्ट, २२ जोर चप्पल र २ रोल अन्य कपडा हस्तान्तरण गरेका जिल्ला प्रशासन कार्यालय सर्लाहीका कम्प्यूटर अपरेटर मुकेश यादवले जानकारी दिए ।

कार्यक्रममा हरिवन नगरपालिका ९ का वडाध्यक्ष सीताराम पोखरेल, आश्रमका अभिभावक सुकदेव कार्की लगायतको उपस्थिति रहेको थियो ।