हरिवन – सर्लाहीको हरिवनमा रहेको सनराईज आवासिय विद्यालयका विद्यार्थीले सोमबार मानव सेवाश्रम नयाँरोडमा खाद्यान्न सहयोग गरेका छन् ।
विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थीहरुले आफ्ना शिक्षकहरुसहित आश्रममा पुगेर खाद्य सामग्री प्रदान गरेका हुन् । मानव सेवाश्रमले सडक मानवहरुको उद्धार गरी पालनपोषण गरेर देखाएको मानवताबाट प्रभावित भई त्यहाँसम्म पुगेर आफूहरुलाई अभिभावकले खाजा खान दिएको पैँसाबाट बचत गरेर थोरै भएपनि खाद्यान्न सहयोग गरेको विद्यार्थीहरुले बताएका छन् ।
यस्तै, हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले सोमबार मानव सेवाश्रममा ६ बोरा चिनी सहयोग गरेको आश्रमकी संयोजक सम्झना अधिकारीले जानकारी दिईन् ।
त्यसैगरी, बाराको निजगढ निवासी काशीराज बरालले स्वर्गिय हजुरआमा मानकुमारी बरालको पुण्य तिथीमा मानव सेवाश्रम नयाँरोडलाई सोमबार ५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।