logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

विद्यालयलाई ८४ लाखको जग्गा निःशुल्क प्रदान


  • उज्यालो अभियान

जग्गादातालाई ५१ किलोको मालाले सम्मान गरिँदै । (तस्बीर : घनश्याम सिंह)

गोडैता – सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवामा रहेको जगन्नाथ राजकुमारी प्राथमिक विद्यालयलाई ८४ लाख रुपियाँ बराबरको जग्गा निःशुल्क प्राप्त भएको छ ।

बरहथवा नगरपालिका वडा नं. ५ निवासी जगन्नाथ साहले उक्त विद्यालयलाई आफ्नो नाममा रहेको ८४ लाख रुपैयाँ पर्ने आठ कठ्ठा १० धुर जग्गा रजिष्टे«सन पास गरेर उपलब्ध गराएका हुन् । जग्गादाता साहलाई मंगलबार विद्यालयले एक कार्यक्रमको आयोजना गरी ५१ किलोको माला लगाएर सम्मान गरेको छ ।

साहले उपलब्ध गराएको जग्गामा छ कोठे नयाँ विद्यालय भवन समेत निर्माण गरिसकिएको विद्यालयका प्रधानाध्यापक कृष्ण रायले जानकारी दिए । प्रधानाध्यापक रायका अनुसार गोडैता नगरपालिका कार्यालयले उपलब्ध गराएको ६० लाख रुपैयाँ बजेटबाट नयाँ विद्यालय भवन निर्माण गरिएको हो ।

विद्यालय भवनको मंगलबार गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले उद्घाटन गरे । जग्गादाता साहले गतवर्ष हरिपुर नगरपालिका–१, हजारविगाहमा रहेको पाँचकुमार रामऔतार लक्षिया माध्यमिक विद्यालयलाई पनि एक बिगाह जग्गा उपलब्ध गराएका थिए ।