logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

रानिगन्जमा शंकास्पद अवस्थामा बेवारिसे शव फेला


  • उज्यालो अभियान

शव फेला परेको स्थल ।

लालबन्दी – सर्लाहीको रानिगन्जमा आइतबार मध्यान्ह पूर्व–पश्चिम राजमार्ग छेउमै शंकास्पद अवस्थामा बेवारिसे शव फेला परेको छ ।

लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित कालिन्जोर पुलबाट थोरै पूर्वतर्फ नाम, वतन खुल्न नसकेको पुरुषको शव फेला परेको हो । पूर्व–पश्चिम राजमार्गको छेउमै सडक भन्दा उत्तरतर्फ फेला परेको बेवारिसे शवको परिचय खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गमा हिँडेका मानिसहरुले शव देखेपछि प्रहरीमा खबर गरेका थिए । मृतकको टाउको र घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा जिल्लाबाट फरेन्सिक टोलीे र प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले उज्यालो अभियानलाई बताए । शंकास्पद भएकाले जिल्ला प्रहरी प्रमुख एसपी कृष्ण प्रसाई पनि घटनास्थलमा आइपुगेका छन् ।