logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

विद्यार्थीले फलाए अर्गानिक आलु


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–८, मा रहेको महादेव जनता माध्यमिक विद्यालयको बाली विज्ञान संकायका विद्यार्थीले अर्गानिक आलु फलाएका छन् ।

बाली विज्ञान पढ्दै गरेका कक्षा ९ देखि ११ सम्मका विद्यार्थीले आफ्नो पढाईको विषय अन्तर्गत नै किटनाशक विषादीको प्रयोग बिनै आलु उत्पादन गरेका हुन् । विद्यार्थीले त्यसरी फलाएको आलुमध्ये सोमबार १५ किलो घुर्कौलीस्थित द्वन्द्व पीडित बालगृह र १५ किलो नयाँरोडस्थित मानव सेवाश्रममा सहयोग गरिएको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिएका छन् ।

अर्गानिक भएकाले केही आलु विद्यालयकै शिक्षकहरुले समेत किनेर लगेका छन् । बिक्री गरिएको आलुको पैसा विद्यार्थीकै नाममा जम्मा गरेर राखिने विद्यालयले जनाएको छ ।

बाली विज्ञान पढ्ने विद्यार्थीहरुले यसरी समय–समयमा अध्ययन, अनुसन्धानकै क्रममा विभिन्न तरकारीहरु उत्पादन गर्दै आइरहेका छन् ।