logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

ईश्वरपुरको ७ औँ नगर सभा सम्पन्न


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकाको सोमबार ७ औँ नगर सभा सम्पन्न भएको छ ।

नगरपालिकाकै सभा हलमा भएको नगर सभाले योजनाहरुको समिक्षा, संसोधन, थप बजेटको व्यवस्था, भए गरेका कामको अनुमोदन, चालु योजनाहरु प्रभावकारी ढंगले समयमै सम्पन्न गर्न विशेष पहल गर्ने लगायतका निर्णय गरेको मेयर मनोज कुमार देवकोटाले जानकारी दिए । नगर सभामा मेयर देवकोटा, उपमेयर एकावती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ, वडाध्यक्षहरु, अन्य जनप्रतिनिधि, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

केही दिनअघि हरिवन नगरपालिकाले पनि विशेष नगर सभा सम्पन्न गरेको थियो ।