सांकेतिक तस्बिर ।
धनकौल – सर्लाहीको धनकौल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
शनिबार राती साँढे ८ बजेतिर मधुवनी–नयाँरोड सडकखण्ड अन्तर्गत धनकौल गाउँपालिका–२, मा बरहथवाबाट कौडेनातर्फ गइरहेको प्रदेश २–०३–०१९ प ३६०५ नम्वरको मोटरसाइकल आफै अनियन्त्रित भई लङ्गडा पुल मुनी खसेर दुर्घटना भएको हो । सो दुर्घटनामा मोटरसाइकल चालक कौडेना गाउँपालिका–३ का ३५ वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल पछाडि सवार कौडेना गाउँपालिका–५, बस्ने १८ वर्षीय दीपेश मुखिया घाइते भएका छन् । घाइते मुखियाको भेनस अस्पताल बरहथवामा उपचार चलिरहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।