logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

छोराको जन्मदिनमा विद्यार्थीलाई स्कुल ब्याग वितरण


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीमा बिहीबार ५० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिएको छ ।

विद्यालयका गरिब तथा असहाय विद्यार्थी छनौट गरी स्कुल ब्याग वितरण गरिएको हो । लालबन्दी नगरपालिका–७, घरभई हाल जापानमा बस्ने गौरब दाहालले छोरा बिहान दाहालको जन्मदिनको अवसर पारेर उपलब्ध गराएको स्कुल ब्याग बिहीबार विद्यार्थीहरुलाई विद्यालयमै पुगेर वितरण गरिएको हो ।

दाहालले छोराको जन्मदिनमा आफ्नो छोराजस्तै उमेरको गरिब परिवारका स–साना बालबालिकालाई थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले ब्याग उपलब्ध गराएका र सो ब्याग आफूले विद्यालयमा पुगेर विद्यार्थीहरुलाई उपलब्ध गराएको लायन्स क्लब अफ लालबन्दी सिटीका जोन चियर पर्सन राजकुमार न्यौपानेले जानकारी दिए ।

घारिबथानका स्थानीयवासी समेत रहेका न्यौपानेकै समन्वयमा विद्यालयका शिक्षक, जनप्रतिनिधि लगायतको उपस्थितिमा विद्यार्थीहरुलाई विद्यालय ब्याग वितरण गरिएको हो ।