logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

१६४ परिवार अतिविपन्न र दलितलाई राहत वितरण


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, मा सोमबार १६४ अतिविपन्न र दलित परिवारलाई राहत प्रदान गरिएको छ ।

गोर्खा वेलफेयर ट्रष्ट नेपाल उत्थानशील खानेपानी सरसफाई तथा विपद् तयारी कार्यक्रम पोखराको सहयोगमा सो वडाको रामनगर र खुसीपुर गाउँका १६४ परिवारलाई राहतस्वरुप फाइबर सिरक र डस्ना प्रदान गरिएको हो । परिवारमा दुई जना सदस्य रहेकालाई एउटा सिरक र एउटा डस्ना तथा दुईजना भन्दा बढी परिवार सदस्य रहेकालाई दुईवटा सिरक र दुईवटा डस्ना प्रदान गरिएको ईश्वरपुर नगरपालिका–९, का वडाध्यक्ष अमिरीलाल साहले बताए ।

वडाध्यक्ष साह आफै र रामनगर खानेपानी तथा सरसफाई समितिका अध्यक्ष योगनारायण चौधरीले अतिविपन्न तथा दलित परिवारलाई वीरेन्द्र प्राथमिक विद्यालय रामनगरको प्राङ्गणमा सहयोगी संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी लगायतको उपस्थितिमा राहत वितरण गरेका हुन् ।

सिरक र डस्नासँगै प्रत्येक परिवारलाई मास्क र हातधुने साबुन समेत वितरण गरिएको सहयोगी संस्थाका प्रतिनिधि एवं इन्जिनियर विज्ञान श्रेष्ठले जानकारी दिए । उनले यसअघि ईश्वरपुर नगरपालिका ९ मा संस्थाकै लगानीमा आयोजना निर्माण गरेर स्थानीयहरुलाई खानेपानी वितरण गर्दै आइरहेको सुनाए ।