सर्टरको ताल्चा फोड्दै गरेका चोर ।
हरिवन – सर्लाहीको हरिवन बजारमा सोमबार राती चोरी गर्न खोज्दा–खोज्दै एक जना चोर पक्राउ परेका छन् ।
हरिवन नगरपालिका–११, स्थित बजारमा रहेको लक्ष्मी इलेक्ट्रोनिक्समा सर्टरको ताल्चा फोडेर चोरी गर्न खोज्दै गर्दा सोही वडाका २७ वर्षीय सेख अजहर हुसैन पक्राउ परेका हुन् । हुसैनले सर्टरको ताल्जा फोड्दै गरेको सुनेपछि स्थानीयहरु मिलेर उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा बुझाएका छन् ।
हुसैनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको हरिवन प्रहरीले जनाएको छ ।