सांकेतिक तस्बिर ।
लालबन्दी – सर्लाहीको लालबन्दीमा स्कुटर दुर्घटना हुँदा एक जना वृद्धको ज्यान गएको छ ।
लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित चोकदेखि केही मिटर उत्तरमा मंगलबार दिउँसो ज १२ प ३८०३ नम्वरको स्कुटर दुर्घटना हुँदा चालक धनुषाको मिथिला नगरपालिका ६ ढल्केबर बस्ने ६० वर्षीय रामलाल पाख्रिनको ज्यान गएको हो ।
केही दिनअघि मृत्यु भएका आफन्तको परिवारसँग भेटेर चन्द्रपुरतर्फबाट बस्तीपुर चोक निस्कदै गरेका पाख्रिन सबार स्कुटर भित्री सडकमा बनाइएको स्पिड बे्रकरमा उच्छिटिएर अनियन्त्रित भई पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।
उनलाई नवलपुरमा सामान्य उपचार गराइ थप उपचारका लागि विराटनगर पु¥याइएकोमा राती त्यहीँ मृत्यु भएको इलाका प्रहरी कार्यालय लालबन्दीेले जनाएको छ ।