logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

आँगनमा अचानक आगो दन्कियो, वृद्धको जलेर मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर

सोल्टी – सर्लाहीको बागमती नगरपालिका–८, शंकरपुर सोल्टीमा आगोले जलेर एक वृद्धको ज्यान गएको छ ।

स्थानीय ६६ वर्षीय रामआशिष साहको सोमबार बिहान २ बजेतिर आफ्नै घरको आगनमा आगोले जलेर ज्यान गएको हो । वृद्ध आगोमा जलिरहेको देख्नासाथ तत्कालै छिमेकीहरुले पानी हालेर आगो निभाए पनि उनलाई बचाउन भने सकेनन् ।

छिमेकी रामप्रवेश पण्डितले रामआशिषको आगनमा अचानक आगो दन्किरहेको देखेपछि आफूहरुले हताहतार पानी हालेर निभाएको सोमबार बिहान उज्यालो अभियानसँग बताए । आइतबार राती घरमै सुतेका वृद्ध अचानक आगनमा भएको आगलागीमा कसरी परे ? भन्नेबारे केही खुल्न सकेको छैन् ।

वृद्धसँगै परिवारका अन्य सदस्यहरु पनि राती घरमै सुतेका बुझिएको छ । अहिले इलाका प्रहरी कार्यालय बरहथवाबाट डीएसपी उमाशंकर प्रसाद यादव नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान गरिरहेको छ ।