बागमती – सर्लाहीको बागमतीमा रहेको रेडियो दर्शन ९१.५ मेगाहर्जले आईतवार आफ्नो स्थापना दिवस मनाएको छ ।
शान्तिपुर मिडिया नेटवर्क प्रा.लि.द्वारा संचालित सो रेडियोले स्थापना दिवस मनाएको हो । कोराना संक्रमण लगायतको कारण औपचारिक कार्यक्रम संचालन नगरेको रेडियोका प्रवन्ध निर्देशक श्रवण थापाले जानकारी दिए ।
स्थापना दिवसको अवसरमा रेडियोले लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवााश्रममा बिहानको मिष्ठान्न भोजनको समेत ब्यबस्था गरेको छ । जिल्लाको उत्तर–पश्चिम क्षेत्र बागमती नगरपालिका–११ मा स्टेशन रहेको यस रेडियोले २०७० साल फागुण्न १ गतेबाट प्रशारण आरम्भ गरेको थियो ।
नागरिकलाई सूचनाको पहुच पु¥याउने उद्देश्य सहित स्थापित रेडियोले दैनिक १७ घण्टा सूचना, समाचार र मनोरञ्जन मुलक कार्यक्रमहरु उत्पादन र प्रशारण गर्दै आईरहेको छ । ५ सय वाट क्षमताको यस रेडियो दर्शन ९१.५ मेगाहर्ज सर्लाही सहित एक दर्जन बढि जिल्लामा स्पष्ट सुन्न सकिने रेडियो संचालक संस्था शान्तिपुर मिडिया नेटवर्कका सदस्य दीपक कुमार रानाभाटले बताए ।
रेडियो अनलाईनमा www.radiodarshan.org.np र www.radiobagmati.org.np बाट समेत प्रशारण भइरहेको छ । यसैबीच, रेडियोले स्थापना दिवसको अवसर पारेर सम्पुर्ण श्रोता, विज्ञापन दाता तथा सुभचिन्तकहरुमा समेत हार्दिक आभार प्रकट गरेको छ ।
रेडियोको ८ बर्षे संघर्षपूर्ण यात्रामा साथ र सहयोग पु¥याएको भन्दै रेडियोले सम्पूर्णमा धन्यवाद ब्यक्त गरेको रेडियोकी स्टेशन प्रमुख सरिता सापकोटाले बताईन् । ७ बर्ष रेडियो बागमती ९१.५ मेगाहर्ज कलसाईनमा प्रशारण भएको यस रेडियो गत बर्ष सम्पन्न ७ औँ स्थापना दिवसका दिनबाट रेडियो दर्शन कलसाईनबाट प्रशारण भइरहेको छ ।
रेडियोले हरेक बर्ष बिश्व रेडियो दिवसकै दिन विभिन्न कार्यक्रम गर्दै आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।