हरिवन – नेकपा एमाले सर्लाहीभित्र संगठित सदस्यता वितरणलाई लिएर गुनासो आएको छ ।
पार्टी जीवनमा अहोरात्र लागि पर्ने, पार्टीका सम्र्पूण गतिविधिमा सक्रिय भूमिका देखाउने विभिन्न जनवर्गिय संगठनको केन्द्रीय कमिटी र जिल्ला कमिटीमा रहनुहुने सक्रिय कार्यकर्तालाई संगठित सदस्यबाटै बञ्चित गरिएको गुनासो आएको हो । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीका अध्यक्ष प्रज्वल ढुंगानाको नेतृत्वमा आइतबार यिनै गुनासोसहित पार्टी जीवनमा सक्रिय सदस्यहरुलाई संगठित सदस्यता प्रदान गर्न माग गर्दै एमाले मधेस प्रदेशका अध्यक्षलाई प्रदेश उपाध्यक्ष रेवती पन्तमार्फत ध्यानाकर्षण पत्र बुझाइएको छ ।
पार्टीको जिल्ला कमिटी निर्णयले अहोरात्र खटिने अधिकांश नेता कार्यकर्ता जिल्ला अधिवेशनबाट बन्चित हुने र पार्टी पनि कमजोर हुने ठानेर पार्टी पंक्तीलाई सचेत गराइएको विद्यार्थी नेता रोशन दाहालले जानकारी दिए ।