हरिवन- प्रहरीले सर्लाहीको हरिवनबाट थप एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
सवारी ज्यान मुद्दामा दुई महिना कैद र दुई हजार रुपियाँ जरिवाना तोकिएका हरिवन नगरपालिका–८, बस्ने ३० वर्षीय सुरज भनिने चूडाबहादुर राईलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो । गएको वर्ष चैत ९ गते सर्लाही जिल्ला अदालतबाट सवारी ज्यान मुद्दामा कैद र जरिवानाको फैसला गरेपछि राई फरार भएका थिए ।
राईलाई शुक्रबार बिहान पक्राउ गरेर अदालतमा बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले यसअघि बिहीबार अस्ती बिहान चोरी मुद्दामा एक महिना कैद र ६० हजार रुपियाँ जरिवाना तोकिएपछि फरार भएका हरिवन नगरपालिका–११, का बुधन भन्ने शेष हमिदलाई पक्राउ गरेको थियो ।