मलंगवा – सर्लाहीको मलंगवा नगरपालिका–११, पल्सीमा एक जना किसानको गोठघरमा आगलागी भएको छ ।
हिजो शुक्रबार अपरान्ह ४ बजेतिर मलंगवा पल्सी बस्ने मनोज राय यादवको फुसको छानो भएको गोठघरमा अचानक आगलागी भएको हो । आगलागीबाट गोठमा रहेको अन्नपात, दुईवटा बाख्रा सामान्य घाईते तथा गोठमा सामान्य क्षति हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागीको कारण खुल्न सकेको छैन् । गोठमा लागेको आगो आधा घण्टापछि नियन्त्रणमा आएको थियो ।