logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

विद्यालयमा जग्गादाताको शालिक निर्माण


  • उज्यालो अभियान

सासापुर – सर्लाहीको हरिवन नगरपालिका–४, सासापुरमा रहेको श्रीमती माइरानी मिक्चन माध्यमिक विद्यालयमा विद्यालयका जग्गादाताको शालिक निर्माण गरिएको छ ।

विद्यालयका जग्गादाता स्वर्गिय जरसिंह मिक्चन र उनकी श्रीमती स्वर्गिय माईरानी मिक्चनको विद्यालय परिसरमा शालिक निर्माण गरिएको हो । उनीहरुका छोरीहरुले आफ्नै लगानीमा विद्यालय परिसरमा स्वर्गिय बुवाआमाको शालिक र सरस्वतीको मूर्ति स्थापना गरेका विद्यालयले जनाएको छ ।

उक्त शालिक र मूर्तिको स्थानीय वुद्धिजिवी, विद्यालयका अभिभावक, स्थानीयवासी लगायतको उपस्थितिमा हरिवन नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज निरौलाले उद्घाटन गरेका स्थानीयवासी सुमित स्याङतानले जानकारी दिए ।