logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

हर्षोउल्लासका साथ मनाइयो सोनाम ल्होसार


  • उज्यालो अभियान

लालबन्दी – तामाङ समुदायको सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व बुधबार सर्लाहीसहित देशभर हर्षोउल्लासका साथ मनाइएको छ ।

यस अवसरमा सर्लाहीका विभिन्न स्थानमा बुधबार साँस्कृतिक, शुभकामना आदानप्रदान लगायतका कार्यक्रमहरु भएका छन् । तामाङ समुदायको राष्ट्रिय पर्व २८५८ औँ ताक÷च्यान ल्हो सोनाम ल्होसार पर्वको अवसरमा बागमती नगरपालिका–८, शंकरपुरमा हिसे छ्योलिङ्ग गुम्बाको उद्घाटन गरिएको छ ।

त्यसैगरी बागमती नगरपालिका–३, धरहरामा डाजाङ्ग मन्दिरको उद्घाटन र गौतम वुद्धको मूर्ति अनावरण गरिएको छ । प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, संविधान सभा सदस्य हरि उप्रेती लगायतको आतिथ्यता रहेको थियो ।

सोनाम ल्होसारकै अवसरमा नेकपा माओवादी केन्द्र हरिवन नगर कमिटीले हरिवन नगरपालिका–२, शिकारी टोलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी, हरिवन नगरपालिका ३ मा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाई, उपमेयर रेणुका पौडेल लगायतको उपस्थितिमा साँस्कृतिक कार्यक्रमसहित सोनाम ल्होसारका अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।

त्यस्तैगरी, हरिवन नगरपालिका–२, लालभित्तीमा रहेको ज्याङ छुप छोयलिङ गुम्बामा पनि सोनाम ल्होसारको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

सोनाम ल्होसारलाई मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर,चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजन गरीएको छ । मञ्जुश्री पात्रोअनुसार बुधबारदेखि गाईवर्ष पुरा गरी वाघवर्ष सुरु भएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको जानकारहरु बताउछन् । मञ्जुश्री पात्रो शुरु भएको बुधबार २८ सय ५८ औ वर्ष पूरा भएको छ ।