logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

नहरमा आउने पानीले निकास नपाउँदा कविलासीका किसानको गहुँ बाली डुबानमा


  • उज्यालो अभियान

कविलासी नगरपालिका कार्यालय । (तस्बीर : उज्यालो अभियान)

कविलासी – सर्लाहीको कविलासी नगरपालिका–५, पचगछियामा नहरमा आउने पानीले निकास नपाउँदा स्थानीय किसानको गहुँ बाली डुबानमा परेको छ ।

केही समयअघि सिर्सियाबाट बरहथवातर्फ जाने सडक विस्तारका क्रममा नहरको कल्भर्ड भत्किएपछि पानीको निकास रोकिएको थियो । निकास बन्द भएपछि बागमती सिँचाई आयोजनाको नहरमा आउने पानी किसानको खेतमा पस्ने गरेको छ ।

नहरको पानी लगातार खेतमा आएर पसेपछि त्यहाँका सयौं किसानको गहुँ बाली डुबानमा परेको स्थानीय शिक्षक उमाकान्त यादवले जानकारी दिए । उनले किसानको समस्याबारे नगरप्रमुख र वडाध्यक्षलाई बारम्बार जानकारी गराउँदा समेत कुनै वास्ता नगरेको भन्दै किसानहरुले गुनासो गरिरहेका बताए ।