logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

लायन्स क्लबले बाँड्यो मास्क र कम्बल


  • उज्यालो अभियान

बागमती – रौतहटको चन्द्रपुरका विपन्न तथा अशक्त परिवारलाई लायन्स क्लव अफ बागमती पौराईले न्यानो ब्ल्यांकेट वितरण गरेको छ ।

मंगलवार एक कार्यक्रमका विच क्लवले चन्द्रपुर नगरपालिका–१, का अतिविपन्न र अशक्त गरी ६० परिवारलाई ब्ल्यांकेट वितरण गरेको हो । पछिल्लो समय बढेको चिसोका कारण विपन्न र असक्त परिवारको दैनिकी कष्टकर बन्दै गएकोले थोरै भएपनि न्यानो प्रदान गर्ने उद्देश्यले ब्ल्यांकेट वितरण गरिएको क्लका चार्टर प्रेसिडेन्ट चेत बहादुर खड्का९गौतम०ले जानकारी दिए ।

यसै विच सोही कार्यक्रममा उपस्थित स्थानियलाई दुई सय थान माक्स समेत वितरण गरेको छ । चन्द्रपुरको क्यान्टिन बजार र डाँडाँ टोलामा बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको प्रमुख आथ्यितामा कार्यक्रम सम्पन्न भएको क्लवले जनाएको छ । कार्यक्रममा क्लवका बागमती पौराई शाखाका विभिन्न पदाधिकारी एवं स्थानीयको समेत सहभागिता रहेको थियो ।

कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर क्लवले प्रतिनिधि मुलक सहभागिमा उक्त सामान वितरण गरेको जनाएको छ ।