logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सोनाम ल्होसारमा हरिवन नगरपालिकाभित्र दुई दिन बिदा


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले तामाङ समुदायको महान पर्व सोनाम ल्होसारको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।

मेयर गणेश प्रसाद प्रसाईले तामाङ समुदायको आग्रह अनुसार माघ १९ र २० गते दुई दिन नगरभित्र सार्वजनिक बिदा दिइएको जानकारी दिए । मेयर प्रसाईले सोमबार सूचना निकालेर बिदाको घोषणा गरेका हुन् ।

नेपाल तामाङ घेदुङ हरिवन नगर समितिले हरिवन नगरभित्र तामाङ समुदायको उल्लेख्य बसोवास रहेकाले सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा दिन माग गर्दै आइतबार मात्रै मेयर प्रसाइलाई ज्ञापन पत्र बुझाएको थियो ।

सोनाम ल्होसारको अवसरमा हरिवन नगरपालिकाले गत वर्ष पनि दुई दिन सार्वजनिक बिदा दिएको थियो । सर्लाहीसहित देशभरका तामाङ समुदायले आफ्नो राष्ट्रिय पर्व २८५८ औँ ताक/च्यान ल्हो सोनाम ल्होसार माघ १९ गते बुधबार मनाउँदै छ ।