logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

आश्रममा विभिन्न सामग्री सहयोग


  • उज्यालो अभियान

जुटपानी – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा मंगलबार विभिन्न सामग्रीहरु सहयोग स्वरुप प्राप्त भएका छन् ।

काठमाण्डौंको सुन्धरास्थित सिभिल क्यापिटल मार्केटिङ लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत आश्रममा ४९ हजार रुपैयाँ बराबरको न्यानो कपडा, तन्दा, थर्मस र पानी तताउने भाँडा प्रदान गरेको हो । उक्त संस्थाका सीईओ झनकराज ढुंगेल र उनकी श्रीमती बिनिता कोइरालाले आज आश्रममै आएर ती सामग्री हस्तान्तरण गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।

संस्थाले गत वर्ष पनि जुटपानी आश्रममा ३० थान कुर्सी हस्तान्तरण गरेको थियो ।