logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

एमालेको जिल्ला अधिवेशन स्थगित


  • उज्यालो अभियान

मलंगवा – नेकपा एमाले सर्लाहीको आठौं जिल्ला अधिवेशन स्थगित गरिएको छ ।

पर्सी ७ गते सदरमुकाम मलंगवामा पार्टीको आठौं जिल्ला अधिवेशन गर्ने तयारी गरिएको थियो । एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले मंगलबार प्रेस विज्ञप्ती निकालेर जिल्ला अधिवेशन स्थगित गरिएको जानकारी गराएका हुन् ।

साहले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि वर्तमान असहज परिस्थितिलाई मध्यनजर गर्दै भव्य तयारी भइरहेको जिल्ला अधिवेशन अन्तिम समयमा आएर स्थगित गर्नुपरेको बताएका छन् ।

‘वर्तमान असहज परिस्थिति र मूलत ः नेकपा (एमाले) केन्द्रीय कार्यालयले माघ ३ गतेको आन्तरिक पार्टी पक्तिमा प्रेषित गरेको जानकारी र प्रदेश कमिटी प्रदेश नं. २ को पदाधिकारी बैठकको निर्णय अनुसार कोभिड–१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै पार्टी तथा जनसङ्गठनहरुका २५ जनाभन्दा बढी सहभागिता रहने गरी कुनैपनि प्रकारका सार्वजनिक कार्यक्रमहरु हाललाई स्थगित गर्ने निर्णय भए बमोजिम तोकिएको मितिमा जिल्ला अधिवेशन सम्पन्न गर्न असहज भएकाले अर्को सूचना प्रेषित नहुञ्जेसम्मका लागि स्थगित गरिएको सबैमा जानकारी गराउँदछौँ,’ साहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

उनले कोरोना भाइरसको सङ्क्रमण कम हुनासाथ जिल्ला अधिवेशन गरिने बताएका छन् ।