logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

प्रदेशको नाम ‘मधेश’ तोकिएपछि मलंगवामा बिजयी जुलुस


  • उज्यालो अभियान

मलंगवा – प्रदेश २ को नाम मधेश र राजधानी जनकपुर घोषणा भएको खुशियालीमा आज सर्लाही सदरमुकाम मलंगवामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले संयुक्त रुपमा नगरपरिक्रमासहित शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन् ।

तीनवटै दलका नेता कार्यकर्ताहरुले बिजय जुलुस नाम दिएर सदरमुकाम मलंगवास्थित शहीद चौकमा भेला भएर नगरपरिक्रमा गरी सोही ठाउँमा आएर कोण सभा गरी खुशियाली मनाएका हुन् । कार्यक्रममा माओवादी केन्द्रका जिल्ला संयोजक कमल बुढाथोकी, जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र कुमार राय, लोसपाका नेता नागेश्वर महतो र प्रदेश सभा सदस्य अशोक यादवले मन्तव्य व्यक्त गरे ।

यस्तै, मधेस प्रदेश कायम भएको खुशियालीमा आज पर्सा गाउँपालिका ३ नारायणपुरमा दीप प्रज्वलन गरेर खुशियाली मनाइएको जसपाका नेता अनबारुल अन्सारीले बताए ।