हरिवन – सर्लाहीकाे हरिवन निवासी हरिबहादुर अधिकारी नेकपा एकीकृत समाजवादी पार्टी निकट नेपाल भूपु सैनिक तथा प्रहरी संगठन(समाजवादी) को केन्द्रीय सदस्यमा चयन भएका छन् ।
शनिबार काठमाडाैंमा सम्पन्न संगठनकाे प्रथम राष्टिय भेलाबाट अधिकारी केन्द्रीय सदस्यमा चयन भएका हुन् । भेलाले सर्वसम्मत रुपमा केन्द्रीय नेतृत्व चयन गरेकाे छ । हरिवन-८, चापिनी निवासी अधिकारी नेपाल प्रहरीकाे प्रहरी सहायक निरीक्षकबाट अवकाश प्राप्त हुन् ।