logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

हरिवनमा अनेरास्ववियूको नगर कमिटी गठन, अध्यक्षमा मैनाली


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा शनिबार नेकपा एमाले निकट अनेरास्ववियूको प्रथम नगर सम्मेलन सम्पन्न भएको छ ।

सम्मेलनबाट सुशील मैनाली अध्यक्ष, प्रदीप कार्की उपाध्यक्ष, सुवास श्रेष्ठ सचिव, स्वस्तिका बम्जन र सांग्रीला घलान सहसचिव, मधु साह कोषाध्यक्षसहित अनेरास्ववियूको २५ सदस्यीय नगर कमिटी गठन गरिएको छ । अनेरास्ववियूका नेता सन्दिप थापाको अध्यक्षता तथा एमाले नेता एवं हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईको प्रमुख आतिथ्यतामा अनेरास्ववियूको नगर सम्मेलन गरिएको हो ।

अनेरास्ववियू सर्लाहीको १९ औँ जिल्ला सम्मेलन भने पुस २८ गते लालबन्दीमा गर्ने गरी तयारी भइरहेको अनेरास्ववियूका नेता प्रज्वल ढुंगानाले जानकारी दिएका छन् ।