हरिवन – सर्लाहीको हरिवनमा शनिबार सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले उखुको लाक्रासहित प्रदर्शन गरेका छन् ।
उनीहरुले शनिबार दिएँसो किसानलाई उखुको भुक्तानि दिनुपर्ने, मलखादको सहज व्यवस्था गर्नुपर्ने, किसानलाई पनि पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजार क्षेत्रमा जुलुस निकालेका हुन् ।
सिके राउतका कार्यकर्ताले यसरी दैनिक रुपमा सर्लाहीसहित तराईका जिल्लाहरुमा पूर्व–पश्चिम राजमार्गमा प्रदर्शन गर्दै आइरहेको छ । प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गर्ने गरिएको छ ।