logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

माओवादीमा सर्लाहीका चारजना केन्द्रीय सदस्य


  • उज्यालो अभियान

हरिवन – सर्लाहीबाट नेकपा (माओवादी केन्द्र) मा चार जना नेता केन्द्रीय सदस्यमा चयन भएका छन् ।

काठमाडौंमा सम्पन्न पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट प्रह्लाद बुढाथोकी, अच्यूतम काफ्ले, रामेश्वर राय यादव र माया बल केन्द्रीय सदस्यमा चयन भएका हुन् । नेता प्रह्लाद बुढाथोकी र रामेश्वर राय यादव खुलाबाट, अच्यूतम काफ्ले खस आर्यबाट र माया बल जनजाति कोटाबाट केन्द्रीय सदस्य चयन भएका हुन् । माया बलबाहेक अरु तीन जना नेता यसअघि पनि केन्द्रीय सदस्य नै थिए

दुई सय ३६ जना केन्द्रीय सदस्य चयन गर्दै माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन आईतबार सम्पन्न भएको थियो । सोमबार केन्द्रीय सदस्यहरुको पहिलो बैठक बसेको थियो र उक्त बैठकले अध्यक्षमा भने पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नै चयन गरेको छ ।