हरिवन जेसीजको पहलमा सरसफाई ।
हरिवन – अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा सर्लाहीको हरिवन नगरपालिकामा जेसिज नेपालले सरसफाई कार्यक्रम गरेको छ ।
हरिवन जेसिजको आयोजनामा शनिबार हरिवन चौक तथा बजार क्षेत्र वरपर सरसफाई गरिएको हो । नगर तथा बजार क्षेत्रमा आफु बस्ने वा आफ्नो ठाँउ वरपर वातावरणलाई स्वच्छ राख्नलाई सरसफाई गनुपर्छ भन्ने कुरालाई जोड दिदैँ सरसफाई कार्यक्रम गरिएको जेसिज हरिवनका अध्यक्ष जेसि विनोद महतले बताए ।
सरसफाई कार्यक्रममा हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल, वडा नं ७ का वडाध्यक्ष नेत्रप्रसाद मैनाली, वडा नं ८ का वडाध्यक्ष यज्ञविनोद ढुंगेल, वडा नं ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, बागमती सेवा समाजका अध्यक्ष भरत कुमार कार्की, जेसिज हरिवनका सदस्य तथा बजारका व्यवसायी लगायतको सहभागिता रहेको सरसफाई कार्यक्रमका संयोजक जेसि प्रदिप भण्डारीले जानकारी दिए ।
यसैबीच, हरिवनमा अघिल्ला वर्षहरुमा झैँ अंग्रेजी नयाँ वर्षको अवसर पारेर शनिबार नेपाली टोपी दिवस मनाइएको छ । पूर्व–पश्चिम राजमार्गस्थित हरिवन बजार क्षेत्रमा सहभागी सबैले ढाका टोपी लगाएर ¥याली निकाली नेपाली टोपी दिवस मनाइएको हो ।
न्यू हरिवन यूवा क्लबको आयोजनामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती, हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, नेकपा (एकीकृत समाजवादी) पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा लगायत उपस्थित हुनुभएको स्थानीय अगुवा युवा युवराज भण्डारीले जानकारी दिए ।