logo
  • मङ्लबार, कार्तिक १८, २०८३ / Tuesday, Nov, 03 ,2026

सर्लाहीमा नयाँ सीडीओ खटाइयो


  • उज्यालो अभियान

मलंगवा – एक हप्ता बिदामा गएका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा जिल्ला फर्किन नमानेपछि गृह मन्त्रालयले सर्लाहीमा नयाँ प्रमुख जिल्ला अधिकारी पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका सूचना अधिकारी एवम् प्रशासकीय अधिकृत रामनरेश रामले राती नयाँ प्रमुख जिल्ला अधिकारी आउनुभएको उज्यालो अभियानसँग पुष्टी गरे । तर नयाँ आएका प्रमुख जिल्ला अधिकारी बयलवास घटनालाई कसरी समाधान गर्ने भन्ने विषयमा सुरक्षा अधिकारीसँग छलफल नर्ग सोझै जिल्ला प्रहरी कार्यालयमा गएकाले उनको नाम तथा कुन मन्त्रालय वा अन्य जिल्लाबाट खटाइएको भन्ने खुल्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यसअघिका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा नेपाली कांग्रेसको अधिवेशनमा बेला गृहमन्त्रीसहित माथिल्लो तहबाट लाठी चार्ज गर्नेदेखि निरन्तर अन्य विभिन्न किसिमका दबाब आएपछि असतुष्ट थिए । स्रोतका अनुसार उनले त्यसबेला नै जिल्लाबाट सरुवा मागेका बुझिएको छ ।

खतिवडा गएको कात्तिक ९ गते सर्लाहीमा हाजिर भएका थिए ।