logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

हरिवन कांग्रेसका युवा नेताद्वारा विपन्नलाई न्यानो कपडा प्रदान


  • उज्यालो अभियान

हरिवन–८, बेतालीका विपन्न परिवारलाई शनिबार बिहान ब्लांकेट वितरण गर्ने तयारीमा कांग्रेसका युवा नेताहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाली कांग्रेसका युवा नेताहरुले आज (शनिबार) हरिवनमा अति विपन्न परिवारलाई जाडोमा ओड्ने ब्लांकेट प्रदान गरेका छन् ।

नेपाली कांग्रेस हरिवन नगरपालिका वडा नम्बर ८ का वडा सभापति धनराज बुढाथोकी(रामहरि) को नेतृत्वमा प्रदेश ‘क’ सचिब सिताराम सुवेदी, अग्रज तथा बुद्धिजीवी कृष्ण प्रसाद भट्टराई, कांग्रेसका युवाहरु युगल सुवेदी, बीनोद महत, सुशील थपलिया, राजिव मास्के, गणेश भण्डारी, पन्च लामा लगायतको उपस्थितीमा हरिवन नगरपालिका–८ बेताली स्थित अति विपन्न माझी एवं दलित परिवारलाई ब्लांकेट प्रदान गरिएको हो ।

हरिवन निवासी भई हाल अमेरिकामा कार्यरत सैलेश मैनाली र जननि श्रेष्ठ दम्पतिको सहयोगमा कांग्रेसका युवाहरुले ब्लांकेट प्रदान गरेका हुन् । चिसो बढेसँगै अति विपन्न परिवारलाई जाडोबाट बच्नका लागि न्यानो कपडा वितरण अभियान सूरु गरिएको हरिवन नगरपालिका–८ का वडा सभापति बुढाथोकीले जानकारी दिए । कांग्रेस सम्बद्ध युवाहरुको उक्त समूहले यसअघि पनि हरिवन–८, चापिनी स्थित तामाङ टोलका विपन्न ११ परिवारलाई ब्लांकेट प्रदान गरेको थियो ।