logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

सर्लाहीका युवा नेता मैनालीद्वारा प्रदेश दुई महामन्त्रीमा उम्मेद्वारी दिने तयारी


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन निवासी युवा नेता निरमुनी मैनालीले प्रदेश दुई अधिवेशन अन्तर्गत प्रदेश दुई कार्यसमितिको महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका छन् ।

सर्लाही क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेश सभा क बाट सर्बाधिक (लोकप्रिय) मत सहित प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित मैनालीले कांग्रेसमा युवाहरुको पहुँच वृद्धि गर्दै पार्टीमा पुनर्जागरण ल्याउनका लागि आफूले महामन्त्रीमा उम्मेद्वारीमा दिने तयारी गरेको उज्यालो अभियानलाई बताए । मैनाली २०५७ देखि २०६४ सालसम्म नेपाल विद्यार्थी संघ सर्लाहीको अध्यक्ष रहेका थिए । उनको कार्यकालमा सर्लाहीमा विभिन्न शिक्षालयमा नेपाल विद्यार्थी संघको ईकाई कमिटीहरु गठन भएको थियो भने सयौं विद्यार्थीहरु नेविसंघमा आवद्ध हुँदै विभिन्न मोर्चामा सहभागि बनेका थिए ।

विद्यार्थी राजनीतिको नेतृत्व पश्चात नेपाल तरुण दलमा समेत काम गरिसकेका मैनालीले पार्टी एवं भातृ संस्थाद्वारा राजधानी काठमाडौं देखि सर्लाही हुँदै मुलुकका विभिन्न स्थानमा आयोजना हुने हरेक क्रियाकलापमा सकृय सहभागिता जनाउँदै आएका छन् । लामो समयदेखि अत्यन्त सकृय ढंगले क्रियाशिल भएपनि मैनालीले पार्टीको संगठनमा उचित जिम्मेवारी भने नपाएको गुनासो यस क्षेत्रका नेता कार्यकर्ताले गर्दै आएका छन् । मैनाली नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीका छोरा समेत हुन् ।

प्रदेश दुई अधिवेशनमा सर्लाहीका अन्य नेताहरुले पनि विभिन्न पदाधिकारी पदमा उम्मेद्वारी दिने चर्चा चलेपनि आधिकारिक रुपमा घोषणा भने गरिसकेका छैनन् । कांग्रेस प्रदेश दुई अधिवेशन अन्तर्गत आज (मंगलबार) जनकपुरमा उम्मेद्वार मनोनयन, फिर्ता र अन्तिम नामावली प्रकाशन लगायत कार्यक्रम रहेको छ भने भोली (बुधबार) नेतृत्व चयनका लागि मतदान हुँदैछ । अधिवेशनमा प्रदेश दुई भित्रका ८ वटै जिल्लाका प्रतिनिधिहरुले मतदान गर्नेछन् ।