हरिवन – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियू सर्लाहीको १६ औँ जिल्ला सम्मेलन पुस १९ गते हरिवनमा गर्ने निर्णय भएको छ ।
सोमबार हरिवनमै बसेको अनेरास्ववियू जिल्ला कमिटीको तेस्रो पूर्ण बैठकले जिल्ला सम्मेलनको मिति तय गरेको हो । बैठकले केन्द्रीय सर्कुलरअनुसार जिल्ला सम्मेलनअघि मंगलबारदेखि नै क्याम्पस तथा पालिकाहरुमा संगठन निर्माण अभियान अघि बढाउने निर्णय गरेको अनेरास्ववियू सर्लाहीका कार्यालय सदस्य युवराज आचार्यले जानकारी दिए ।
अनेरास्ववियू सर्लाहीका संयोजक समिमबाबु खानको अध्यक्षतामा बैठक बसेको हो ।