हरिपुर – नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल खेलकुद महासंघ सर्लाहीको अध्यक्षमा विष्णु अधिकारी चयन भएका छन् ।
हरिपुरस्थित नेपाल रेडक्रस सोसाइटीको सभा हलमा सम्पन्न महासंघको प्रथम जिल्ला सम्मेलनबाट रानिगन्ज घरभएका अधिकारी सर्वसम्मत रुपमा जिल्ला अध्यक्षमा चयन भएका हुन् । महासंघको उपाध्यक्षमा जितबहादुर लामिछाने, सचिवमा पूर्ण राना मगर, कोषाध्यक्षमा कमला लुंगेली मगरसहित ४९ सदस्यीय जिल्ला कमिटी घोषणा भएको माओवादी कार्यकर्ता घमराज श्रेष्ठ (राजकुमार) ले जानकारी दिए ।
पार्टीका नेता तथा लालबन्दी नगरपालिका–१६ का वडाध्यक्ष गणेश बहादुर थापाको अध्यक्षता, खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाको प्रमुख आतिथ्यता र पार्टीका जिल्ला संयोजक कमल बुढाथोकीको आतिथ्यतामा अखिल नेपाल खेलकुद महासंघको जिल्ला भेला सम्पन्न भएको हो ।