logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

ईश्वरपुर र चन्द्रनगरमा माओवादीको सपथ ग्रहण


  • उज्यालो अभियान

ईश्वरपुरमा सपथ ।

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका र चन्द्रनगर गाउँपालिकामा शुक्रबार नेकपा माओवादी केन्द्रको स्थानीय कमिटीको सपथ ग्रहण तथा प्रमाण पत्र वितरण समारोह सम्पन्न भएको छ ।

नवगठित पालिका कमिटीका नेता कार्यकर्ताहरुलाई सपथ ग्रहणसँगै प्रमाण पत्र वितरण गरिएको हो । ईश्वरपुरमा रामनरेश महतो अध्यक्ष रहने गरी ६५ सदस्यीय र चन्द्रनगरमा सीताराम महतो अध्यक्ष रहने गरी ५५ सदस्यीय कमिटी गठन भएको छ ।

ईश्वरपुरमा पार्टीका जिल्ला इन्चार्ज अच्यूतम काफ्ले र चन्द्रनगरमा पार्टीका जिल्ला संयोजक कमल बुढाथोकीले सपथ ग्रहण गराए । यस्तै, हरिपुर नगरपालिकामा सुनिल बुढाथोकी अध्यक्ष रहने गरी गठन भएको ६५ सदस्यीय नगर कमिटीका पदाधिकारीहरुलाई पनि शुक्रवार नै प्रमाण पत्र वितरण गरिएको छ ।

हरिपुरमा सपथ भने यसअघि नै भइसकेको थियो । माओवादी केन्द्रले अब सर्लाहीका ३ वटा पालिकामा मात्रै नेतृत्व चयन गर्न बाँकी छ ।

हरिपूर्वा नगरपालिका, रामनगर गाउँपालिका र धनकौल गाउँपालिकामा कमिटी गठन हुन बाँकी रहेको र तीनै ठाउँमा सहमतीमै नेतृत्व छान्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।