हरिवन – सर्लाहीको हरिवनमा रहेको सरस्वती अस्पतालको फार्मेसीमा सोमबार औषधि व्यवस्था विभागको टोलीले छापा मारेको छ ।
त्यसक्रममा नेपाल सरकारले अनुमती नै नदिएको औषधिहरु समेत बिक्रीका लागि राखिएको पाइएको औषधि व्यवस्था विभाग शाखा कार्यालय वीरगन्जबाट आएको टोलीका डा. चन्देश्वर यादवले जानकारी दिए । यादवसहितको ३ जनाको टोली हरिवन क्षेत्रका औषधि पसलहरुको छड्के अनुगमनमा आएको हो ।
अनुगमनका क्रममा हस्पिटलको फार्मेसी समेत दर्ता नभएको पाइएको, त्यसका मालिक धनी पहिचान नभएका र नेपाल सरकारले अनुमती नै नदिएको बच्चा फाल्ने औषधि, विभिन्न प्रकारका क्रिमहरु लगायतका थुप्रै औषधि ठूलो परिमाणमा बिक्रीका लागि लुकाएर राखिरहेको पाइएको डा. यादवले बताए । उनले फार्मेसीलाई तत्कालै शिल गरेर त्यसका संचालकलाई औषधि व्यवस्था विभागमा आउन भनिएको बताए ।
टोलीले सोमबार हरिवनमा सुशान्त फार्मेसी र आरुसी आर्युवेर्दिकको अनुगमन गर्दा ठीक हिसाबले संचालन भइरहेको पाइएको जनाएको छ ।