logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

एमालेकी कान्छी महाधिवेशन प्रतिनिधि सर्लाहीकी ममता !


  • उज्यालो अभियान

हरिवन – चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा सहभागि महाधिवेशन प्रतिनिधि मध्ये सबैभन्दा कान्छी महाधिवेशन प्रतिनिधि सर्लाहीकी ममता सिंह भएको दाबी गरिएको छ ।

धनकौल गाउँपालिका निवासी २८ वर्षीया सिंह क्षेत्र नम्बर ४ बाट एमाले महाधिवेशन प्रतिनिधिको रुपमा सहभागि छिन् । उनका श्रीमान संजिव सिंहले ममता नै महाधिवशेनमा कान्छी महाधिवेशन प्रतिनिधि भएको दाबी गरे । सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रबाट एक महिला सहित ३–३ जनाको दरले १२ जना महाधिवेशन प्रतिनिधि चयन भएका थिए । यद्यपी ममता नै सबैभन्दा कम उमेरकी महाधिवेशन प्रतिनिधि हुन् भन्ने कुरा स्वतन्त्र रुपमा भने पुष्टी भईसकेको छैन ।

एमालेले गत शुक्रबार चितवनको नारायणी किनारमा लाखौं जनसागरको उपस्थितीमा १०औं महाधिवेशन उद्घाटन सभा गरेको थियो ।