logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

१० औँ महाधिवेशनमा सर्लाहीबाट १६ हजार कार्यकर्ता चितवन लगिने


  • उज्यालो अभियान

हरिपुर – नेकपा एमाले सर्लाहीले मंसिर १० गतेदेखि चितवनमा सुरु हुने १० औँ महाधिवेशनमा सर्लाहीबाट १६ हजार बढी कार्यकर्ता लाने भएको छ ।

महाधिवेशनका लागि गठित जिल्ला जनपरिचालन कमिटीको बिहिवार हरिपुरमा बसेको बैठकले सो निर्णय गरेको हो । पार्टीका जिल्ला अध्यक्ष राजनारायण साहको अध्यक्षतामा बसेको बैठकले विभिन्न क्षेत्र तथा पालिकाहरुबाट कार्यकर्ता जुटाउन नेताहरुलाई जिम्मेवारी प्रदान गरेको छ ।

क्षेत्र नं. ४ बाट नेता रामबहादुर रायलाई २५०० र क्षेत्र नं. २ बाट नेता रामप्रकाश महतोलाई १५०० नेता कार्यकर्ता जम्मा पार्ने जिम्मेवारी तोकिएको छ । त्यसैगरी, ईश्वरपुर नगरपालिकाबाट नेता मनोज कुमार देवकोटालाई २५००, लालबन्दी नगरपालिकाबाट नेता रामबहादुर खड्कालाई पनि २५००, हरिवनबाट नेताहरु राजकुमार उप्रेती, गणेश प्रसाई, तारा पोखरेल र विदुर प्याकुरेलाई २५०० कार्यकर्ता जुटाउने जिम्मेवारी दिइएको पार्टीका नेताहरुले बताएका छन् ।

बागमती, बरहथवा र चक्रघट्टाबाट नेता रेवती पन्त, कल्पना कटुवाल, रीता मैनाली र नवलकिशोर रायलाई ३५००, हरिपुर र कविलासीबाट नेता केदार खत्री र यादव सरकारलाई १५०० तथा चन्द्रनगर गाउँपालिकाबाट ३०० कार्यकर्ता जुटाउने जिम्मा नेतृ रन्जना सरकारले पाएका छन् । बिहिवारको बैठकले महाधिवेशनका लागि कोही कसैसँग चन्दा नउठाउने निर्णय गरेको महाधिवेशन जनपरिचालन कमिटीका केन्द्रीय सदस्य रेवती पन्तले जानकारी दिए ।

पन्तले पार्टीका नेता कार्यकर्ताबाट आपसमा सहयोग उठाउनुबाहेक अरुसँग रसिद काटेर चन्दा नलिइने बताए ।