लालबन्दी – नेकपा एमाले सर्लाहीले आसन्न दशौँ महाधिवेशनका लागि सर्लाहीका ३ वटा निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि चयन गरेको छ ।
जिल्लाको क्षेत्र नं. १, २ र ४ बाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छानिएको एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहले जानकारी दिए । क्षेत्र नं. १ बाट मनोज देवकोटा, रन्जना सरकार र रामबहादुर खड्का, क्षेत्र नं. २ बाट राजनारायण साह, जय प्रकाश यादव र रेखा साह, तथा क्षेत्र नं. ४ बाट हरि उप्रेती, रामबहादुर राय यादव र ममता देवी सिंह चयन भएका छन् ।
क्षेत्र नं. ३ का प्रतिनिधिहरु आइतवार बेलुकासम्ममा चयन गरिने जिल्ला अध्यक्ष साहले बताए । ३ नं. क्षेत्रको प्रतिनिधि छान्न शनिवारसाँझ अबेरसम्म बरहथवामा बैठक बसेको थियो ।
बैठकमा ४४ जनाले महाधिवेशन प्रतिनिधिका लागि इच्छा व्यक्त गरेका एमाले नेताहरुले बताएका छन् । नेकपा एमालेको १० औँ महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते चितवनमा गर्ने तय भएको छ ।