हरिपुर – सर्लाहीको हरिपुरमा वुधवार साँझ स्यालले टोकेर ५ जना घाईते भएका छन् ।
हरिपुर नगरपालिका–८, बजार टोलमा वुधवार साँझ साँढे ६ बजेतिर अचानक देखा परेको स्यालले टोकेर डेढ वर्षीय बालकसहित ५ महिला घाईते भएका वडाध्यक्ष हरि बहादुर थापाले जानकारी दिए । एक्कासी गाउँ पसेको स्याल ५ जनालाई टोकेर हरिपुर बजार पूर्व नहरहुँदै धानबारीतर्फ भागेको प्रत्यक्षदर्शी बताएका छन् ।
स्यालले टोकेर घाईते पाँचै जनालाई रेविजको सुई लगाउन र उपचारका लागि लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमे पठाइएको वडाध्यक्ष थापाले बताए ।