logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

प्रचण्ड आज मलंगवा आउँदै


  • उज्यालो अभियान

मलंगवा – पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज (शनिवार) सर्लाही आउँदै छन् ।

मलंगवामा माओवादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र मधेशवादी दल निकट नेपाल लोकतान्त्रिक शिक्षक फेडेरेशनबीचको एकता कार्यक्रममा सरिक हुन प्रचण्ड आज सर्लाही आउन लागेका माओवादी केन्द्र सर्लाहीका सचिव कमल बुढाथोकीले जानकारी दिए ।

कार्यक्रमको सबै तयारी पूरा भएको बुढाथोकीले बताए । प्रचण्ड काठमाण्डौंबाट जनकपुरसम्म विमानमा र त्यहाँबाट गाडीमा सर्लाही आउने छन् ।