logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

अबको चुनावपछि एमालेलाई टर्च बालेर खोज्नुपर्छ : माधव कुमार नेपाल


  • उज्यालो अभियान

परवानिपुर – अबको चुनावपछि नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन् ।

बुधवार सर्लाहीको लालबन्दी नगरपालिका–१५ र १६ परवानिपुरस्थित बोहोरे डाँडाँमा प्रदेश स्तरिय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । मैथिली भाषामा समेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भबिष्य भएको एकमात्र पार्टी नेकपा (एकिकृत समाजवादी) भएको पटक–पटक दावी गरे ।

आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रबृतीलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको उनले सुनाए । सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भएपनि कम्युनिष्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए ।

सिधा सोझा जनतालाई ठग्ने चुस्ने नीति लिएका जो कसैलाई नछाडिने चेतावनी समेत उनले दिए । अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जनताको चाहाना भन्दा पनी लम्पसारवादको पछि लागेको आरोप लगाए ।

पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानकोे निकै खुलेर प्रशंसा गरे । कार्यक्रममा धेरै जसो समय ओली प्रति खनिएका उनले पार्टीलाई विधी र पद्धतीमा चल्न नदिएर जथाभावी गर्ने केपी ओली को हुन् ? भनेर प्रश्न समेत गरे ।
नेकपा (एकीकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाको अध्यक्षतामा आयोजित शालिक अनावरण कार्यक्रमलाई पार्टीका प्रदेश २ अध्यक्ष रामचन्द्र यादव, पार्टीकी नेतृ एवं प्रदेश सभा सदस्य बेची लुङ्गेली लगायतले सम्वोधन गरे । कार्यक्रममा पुष्पलाल स्मृति प्रतष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठक र उपाध्यक्ष धनबहादुर मिक्चनले पुष्पलाल स्मृति पार्कको डीपीआर पूर्व प्रधानमन्त्री नेपाललाई हस्तान्तरण गरेका छन् ।

प्रतिष्ठानका जिल्ला सचिव भरत कार्कीले संचालन गरेको कार्यक्रममा पार्टीका जिल्ला सचिव गोविन्द अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पूर्व प्रधानमन्त्री नेपालले वुधवार बिहान लालबन्दी नगरपालिका–५, मा प्रदेश सभा सदस्य बेची लुङ्गेलीको निर्वाचन क्षेत्र विकास कोषबाट बनाइएको महिला आवास गृहको उद्घाटन समेत गरे ।

दुई दिने कार्यक्रमका लागि मंगलवार बिहान सर्लाही आएका पूर्व प्रधानमन्त्री नेपाल वुधवार अपरान्ह पुष्पलालको शालिक अनावरण कार्यक्रम सकेर राजधानी काठमाण्डौंँ फर्किएका छन् ।