logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

बरहथवामा लोसपाको पार्टी प्रवेश तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


  • उज्यालो अभियान

बरहथवा – सर्लाहीको बरहथवास्थित गोरु बजारमा मंगलवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

पार्टीका बरहथवा नगर अध्यक्ष रामबाबु रायको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष महन्थ ठाकुरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्र महतो, अनिल झा, चन्दा चौधरी, लगायतको पनि उपस्थिति रहेको थियो ।

दीपावली र छठको शुभकामना आदानप्रदान गरिएको कार्यक्रममा अन्य पार्टी परित्याग गरी ठूलो संख्यामा नेता कार्यकर्ताहरु लोसपामा प्रवेश गरेका नेताहरुले दावी गरेका छन् ।

उता, बहुजन एकता पार्टी नेपालले मंगलवार सर्लाहीको चक्रघट्टा गाउँपालिकामा पालिकास्तरीय भेला सम्पन्न गरेको छ । भेलालाई पार्टीका केन्द्रीय अध्यक्ष हरिनन्दन कुमार रन्जन, वरिष्ठ नेता राजाराम पासवान, केन्द्रीय सदस्य जितेन्द्र राम, बेचन दास, नन्दलाल गिरी लगायतले सम्वोधन गरे ।

चुनावको चर्चा सुरु भएसँगै राजनीतिक दलहरुले भेला, सभा, सम्मेलनहरु धमाधम गर्न थालेका छन् ।