जानकीनगर – सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा मंगलवार नेपाली कांग्रेसको चियापान तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।
दीपावली र छठ पर्वको अवसरमा जानकिनगरस्थित वन कार्यालय नजिकैको चौरमा कार्यक्रम गरिएको हो । कांग्रेस हरिपुरका नगर सभापति धु्रव नारायण चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य गुरुराज घिमिरे प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा पार्टीका नेताहरु बद्री पाण्डे, शोभाकर पराजुली, उज्जवल बराल, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व पार्टी जिल्ला सभापति विनोद खनाल लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अन्य पार्टी परित्याग गरी ३७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका कार्यक्रम संचालक एवं नेपाल विद्यार्थी संघ (नेविसंघ) का निवर्तमान केन्द्रीय सदस्य रघु कार्कीले जानकारी दिए ।